नियम ३
ब्यूरोको स्थापना
प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान तहकिकात गर्ने अपराधको गम्भीरता, अपराधको प्रकृति, अपराधमा संलग्न गिरोह वा त्यसले समाजको शान्ति सुरक्षामा पार्ने असरको आधारमा त्यस्ता अपराधको विशिष्टिकृत अनुसन्धान तहकिकात गर्न र अन्य कुनै प्रहरी कार्यालयबाट भइरहेको वा हुने अनुसन्धान तहकिकातको कार्यमा सहयोग गर्न एक केन्द्रीय अनुसन्धान ब्यूरो रहने छ ।